डडेल्धुरा। डडेल्धुरामा व्यापारीमाथि चक्कु प्रहार गर्ने २ जना पक्राउ परेका छन्।डडेल्धुरामा व्यापारीमाथि चक्कु प्रहार गरेको आरोपमा २ जना पक्राउ परेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय डडेल्धुराका अनुसार पक्राउ पर्नेमा गन्यापधुरा गाउँपालिका वडा नम्बर २ का अन्दाजी २१ वर्षीय राजेश मल्ल र आन्दाजी २० वर्षीय सागर मल्ल रहेको प्रहरी निरीक्षक राजेन्द्र चन्दले जानकारी दिए ।
बिहीबार साँझ डडेल्धुराको अमरगढी नगरपालिका-११ रडुवामा होटल सञ्चालन गर्दै आएका व्यापारी खेमराज अवस्थीमाथि चक्कु प्रहार भएको थियो । जिल्ला प्रहरी कार्यालय डडेल्धुराले दुवैजनामाथि थप अनुसन्धान भइरहेको जनाएको छ।