धनगढी। बिहीबार राती देखी परेको बर्षाका कारण धनगढीका अधिकांश बस्ती डुबानमा परेका छन् । भने सडकमा पानी जाम हुँदा आवत जावतमा समस्या भएको छ।
यस्तै घर, पसल तथा बिभिन्न कार्यालय परिसरमा समेत पानी जमेको छ। बिहीबार रातिदेखिको वर्षाले उपमहानगरपालिकाका अधिकासं बस्ती डुबानमा परेका हुन्।
बर्सेनि डुबानमा पर्दै आएको वडा नम्बर ३ को विशालनगर, मिलनचोक, मुख्य बजारको पार्कमोड, एलएनचोक लगायतका क्षेत्रमा घर र पसलमा पानी पसेको छ। पानी निकास हुन सकेको छैन्। धनगढीको मुख्य सडक चौराहदेखि पार्कमोडसम्म जलमग्न हुँदा आवतजावतमा पनि सास्ती भएको छ भने शाखा सडक हिलाम्य भएका छन्।
यता जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीका अनुसार धनगढीका दर्जनौ घरमा पानी पसेको छ। ‘विभिन्न क्षेत्रबाट घरमा पानी पसेको गुनासो आइरहेका छन्। यकिन तथ्याङक भने आउन बाँकी छ,’उनले भने।यता जिल्ला प्रहरी कार्यालय कैलालीले तथ्याङक संकलन कार्य भैरहेको जानकारी गराएको छ । यस्तै, धनगढी उपमहागरपालिकासहित आसपासको क्षेत्रमा आज विहानैदेखि विद्युत सेवा अवरुद्ध भएको छ। यस्तै कार्यालय परिसरमा समेत पानी जमेको छ ।