धनगढी। धनगढीमा एसएनएस मार्ट तथा एसएनएस क्याफे सञ्चालनमा आएको छ । धनगढीस्थीत अस्पताल लाईन क्षेत्रमा बिगत ५५ वर्षदेखि सञ्चालित चौधरी बुक डिपोको कम्प्लेक्समा एसएनएस मार्ट तथा एसएनएस क्याफे आजदेखि सञ्चालनमा आएको हो ।
सुदूरपश्चिमकै पहिलो पुस्तक पसलका रुपमा चिनिने चौधरी बुक डिपोका सञ्चालक सञ्जयकुमार चौधरीले होटल, पब्लिकेसन्स, पुस्तकसंगै मार्ट र रेष्टुरेण्ट व्यवसायमा समेत ब्यवसाय अगाडी बढाएका हुन् ।
सञ्चालक चौधरीले भने ग्राहकहरुले एकै छाना मुनि सञ्चालित पुस्तक, रेष्टुरेन्ट, मार्ट, केल्मी ब्राण्डको सुबिधा लिन पाउने छन्। उद्घाटनको अवसरमा ग्राहकहरुलाई कतिपय सामानमा ५० प्रतिशत छुट र कतिपय सामान एउटा खरीद गर्दा अर्को सित्तैमा उपलब्ध गर्ने जानकारी दिए ।
उनले भने‘धनगढीका बासिन्दालाई काठमाडौँका तारे होटलको स्वाद दिने हाम्रो कोसिस हो । हामीसंग अनुभवी र नेपालका पाँच तारे होटलहरुमा काम गरिसकेका ‘सेफ’ हरु छन्,जसले स्वादिष्ट परिकारहरु पस्किनेछन्, एसएनएस मार्ट तथा एसएनएस क्याफेका प्रबन्ध निर्देशक सञ्जय चौधरीले भने, ‘एक साथ ७५ जना अट्ने क्षमताको रेष्टुरेण्ट भित्र बेकरीका साथै भेज तथा ननभेजका परिकारहरुको स्वाद लिने व्यवस्था मिलाएका छौ ।