धनगढी : महाकाली नदीमा तुइन तर्ने क्रममा जयसिंह धामी बेपत्ता भएको घटनाको छानविन गर्न गएको समितिबाट सुदूरपश्चिम प्रदेशकी आन्तरिक मामिला तथा कानुन मन्त्री पुर्णा जोशीले जानकारी लिएकी छिन् । गृह मन्त्रालयका सहसचिव जनार्दन गौतमको नेतृत्वमा गठित छानबिन समिति दार्चुलाबाट धनगढी पुगेसंगै मन्त्री जोशीले आज बिहान मन्त्रालयमै बोलाएर जानकारी लिएकि हुन् ।
समितिबाट जानकारी लिए पश्चात प्रतिक्रिया दिदै मन्त्री जोशीले एस एस बीले तुइन काटेका या आफै चुँडिएको बारे प्रतिबिदेन गृह मन्त्रालयमा बुझाएपछि मात्रै सबै जानकारी हुने बताइन् । तर जिल्लाको भौगोलिक अवस्था र त्यहाँका नागरिकको समस्या बारे समितिले जानकारी गराएको छ उनले भनिन् ‘शुरुबाटै मेरो चासो थियो त्यो घटनामा संघिय सरकारले हामीसंग समन्वय नगरेरै समिति पठायो तरपनि गृह सचिव र गृह मन्त्रीसंग मेरो निरन्तर सम्बाद भइरहेको थियो र मैले आज घटना बारे जानकारी लिएकी हुँ ।’
प्रतिबेदनको कुरा खुलाउन मिलेन उनले भनिन् ‘त ब्याँस गाउँपालिकाका बासिन्दाको बाध्यता दुखका बारेमा टिमले मलाई जानकारी गरायो समस्या निकै रहेछ संघ सरकारले बाटोघाटो, पुल लगायतका बिषयमा निकै चासो देखाउनुपर्ने देखियो प्रदेश सरकारले गर्नुपर्ने काममा हामीपनि गर्छौँ ।’
मन्त्री जोशीले सुदूरपश्चिमका अन्य सिमा समस्या लगायत घटनाका बिषयमापनि टोली मार्फत संघिय सरकारको ध्यानाकर्षण गराएको बताइन् । उनले भनिन् सिमाको समस्या यहाँ निकै जटिल छ यो समस्या समाधान संगै अन्य समस्याका बिषयमापनि टोली मार्फत संघिय सरकारको ध्यानाकर्षण गराएकी छु ।’
दार्चुलाबाट मंगलबार फर्किएको टोलीले महाकाली नदीसँग जोडिएका जिल्लाका सुरक्षा अधिकारीसँग भेटघाट गरेको थियो । सरकारले छानबिन समितिलाई सुरुमा १० दिनभित्र प्रतिवेदन बुझाउन समय दिएकोमा सात दिन म्याद थप गरेको छ ।
सहसचिव गौतम नेतृत्वको छानबिन टोलीमा प्रहरी नायब महानिरीक्षक पुरुषोत्तम कँडेल, राष्ट्रिय अनुसन्धान विभागका निर्देशक हुतराज थापा, सशस्त्र प्रहरीका प्रहरी वरिष्ठ उपरीक्षक सुरेशकुमार श्रेष्ठ र दार्चुलाकी सहायक प्रमुख जिल्ला अधिकारी ज्योत्स्ना भट्ट सदस्य रहेका छन् । छानबिन समितिले जिल्लामा रहँदा नेपाल–भारत दुवैतर्फबाट घटना भएको ठाउँको स्थलगत निरीक्षण गर्नुका साथै जिल्लास्थित राजनीतिक दल, जनप्रतिनिधि, पत्रकार, मानवअधिकारकर्मी, स्थानीयवासी र घटनाका प्रत्यक्षदर्शी तथा सुरक्षा निकायसँग छलफल एवं सूचना सङ्कलन गरेको थियो ।