धनगढी। पछिल्लो २४ घण्टामा सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको कोरोना परिक्षणमा २७ जनामा संक्रमण पुष्टि भएको छ । म.गलबार प्रयोगशालामा १५९ नमूनाको परीक्षण गर्दा २७ जनामा संक्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले जानकारी दिए । यस्तै १३२ जनाको रिपोर्ट निगेटिभ आएको छ।
हाल अस्पतालमा १९ जना संक्रमित उपचाररत रहेका छन्।यस्तै पछिल्लो २४ घण्टामा अस्पतालबाट ५ जना निको भई घर फकिएकोमा थप २ जना बिरामी अस्पतालमा भर्ना भएका छन् । अस्पतालमा २ जना भेन्टिलेटर, ३ जनाको आइसियुमा उपचार भइरहेको छ । पछिल्लो २४घण्टामा कुनैपनी कोरोना संक्रमितको मृत्यु नभएको अस्पतालले जनाएको छ ।