काठमाडौँ। नेपालमा पछिल्लो २४ घण्टामा थप ३ हजार ६५१ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ।१६ हजार ५९४ जनाको परीक्षण गर्दा पीसीआरबाट २ हजार ६०९ र एन्टिजेन विधिबाट १ हजार ४२ जनामा सङ्क्रमण पुष्टि भएको हो। हालसम्म पीसीआर विधिबाट ७ लाख १६ हजार ४८६ र एन्टिजेन विधिबाट ६९ हजार ५२० जनामा सङ्क्रमण पुष्टि भइसकेको छ। हाल ३६ हजार २८८ सक्रिय सङ्क्रमितमध्ये ३२ हजार ९०७ जना होम आइसोलेसनमा रहेका छन् भने संस्थागत आइसोलेसनमा ३ हजार ३८१, सघन उपचार कक्षमा ७४१ र भेन्टिलेटरमा १८६ जना रहेका छन् ।
त्यस्तै, क्वारेन्टिनमा ४४१ जना रहेका छन् । यही अवधिमा थप १७८४ जना सङ्क्रमणमुक्त भएका छन्।कूल सङ्क्रमितमध्ये ६ लाख ७१ हजार ८३ जना निको भइसकेका छन् । नेपालमा निको हुने दर ९३.५ प्रतिशत रहेको छ । पछिल्लो २४ घण्टामा थप २२ जनाको मृत्यु भएको छ। योसँगै नेपालमा कोभिड–१९ को सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या १० हजार ११५ पुगेको छ। नेपालमा कोभिड–१९ बाट मृत्यु हुने दर १.५ प्रतिशत रहेको छ । पछिल्लो एक दिनमा थप १ लाख ४५ हजार ३० जनाले कोभिड-१९ विरुद्धको खोप लगाएका छन् । हालसम्म नेपालमा २६ लाख ६ हजार ४६ जनाले पूर्ण मात्रा खोप लगाइसकेका छन् ।