हरिश भट्ट धनगढी : सुदूरपश्चिम प्रदेशको सामाजिक बिकास मन्त्रालयले आज भन्दा २ बर्ष अघी एउटा निर्णय गरेको थियो । सुत्केरीको मृत्युपछि नवजात शिशुको लालनपालन र पढाइको जिम्मा लिएको सामाजिक बिकास मन्त्रालय अहिले आफैले गरेको निर्णय कार्यान्वयनबाट पन्छिएको छ । २०७५ साल १२ महिना ७ गते धनगढीको सेती प्रादेशिक अस्पतालमा सुत्केरीपछि धनगढी १२ की रेखा थापाको उपचारकै क्रममा मृत्यु भएको थियो । सामान्य अवस्थामै सुत्केरी भएकी थापाको उपचारमा चिकित्सकले लापरबाही गरेपछि अन्तिम अवस्थामा नेपालगन्ज रेफर गरिएको थियो । सेतीमै अन्तिम अवस्थामा पुगेकी थापालाई नेपालगन्ज पुगाउँदा उनलाई चिकित्सकले मृत घोषणा गरिदियो ।
सेती अस्पतालले मरिसकेको लाशलाई रेफर गर्दै आफ्नो टाउकोको भार पन्छ्याउन खोजेको भन्दै मृतक थापाका आफन्तहरुले शवलाई सेतीमै ल्याएर आन्दोलन थालेका थिए । २ दिनको आन्दोलनपछि सेती प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट हेमराज पाण्डे, सामाजिक बिकास मन्त्रालयका स्वास्थ्य महासाखा प्रमुख दयाकृष्ण पन्त, धनगढीका मेयर नृप बहादूर वड, वडा नम्बर १२ का अध्यक्ष गणेस जोशी लगायतको रोहबरमा मृत्युको छानबिन गर्ने, नवजात शिशुको लालनपालन र पढाई खर्च प्रदेश सरकारले ब्यहोर्ने सहमती भएको थियो । सो सहमतीपछि आफन्तले शब उठाएर अन्त्यस्ठी गरेको थियो ।
तर सो सहमतीको साढे २ बर्ष बितिसक्दासम्म सरकारले सहमती अनुसार कुनै काम गरेको पाइएको छैन । मृतक रेखाका छोरा डेबिटलाई अहिले २ बर्ष ४ महिना पुगिसकेको छ । तर परिवारले उनको लालनपालनका लागी सरकारबाट केही पाउन सकेका छैनन् ।
मृतक रेखाका श्रिमान जय बहादूर थापाले भने ‘मेरो श्रिमतीलाई उपचारकै क्रममा यहाँका चिकित्सकहरुले सेतीमै मारिसकेका थिए, अघिल्लो दिन सामान्य भने अनी अर्को दिन एक्कासी जण्डिस भनेर हामीलाई अल्झ्याउन खोजे, अनी अन्तमा हामीलाई रेफर गर्न भनेपछि नेपालगन्ज लगेका थियौँ तर श्रिमतीले यतै स्वास छोडिसकेकि थिई ।’ हामीले दुई दिनसम्म आन्दोलन गरेर छानबिन समिति बनाएर निस्पक्ष छानबिन गर्ने अनी बाबुको निशुल्क उपचार, प्रदेश सरकारले पालनपोषण र शिक्षाको जिम्मा लिएको थियो उनले भने ‘तर हालसम्म न त छानबिननै भयो न पालनपोषणका लागी सामाजिक बिकास मन्त्रालयबाट कामनै भयो हामीलाई त्यतिखेर घर पठाउने काम मात्रै भयो ।’ यहाँका नेता मेयर साप, सेतीका डक्टर, सामाजिक मन्त्रालयका कर्मचारीहरुको रोहबरमा सहमती भएको छ तर खै त्यो सहमती अनुसार काम भएको उनले प्रश्न गरे ‘हासम्म स्वास्थ्य बिमाबाट बाबुको उपचार भइरहेको छ त्यस बाहेक खै कहिले दिन्छन केही पाएका छैनौँ ।’
मृतक रखाका शसुरा मोति सिहं थापाले नातीको पालनपोषण र पढाइको जिम्मा लिएको सामाजिक बिकास मन्त्रालयमा धेरै दिन धाए । तत्कालिन स्वास्थ्य महासाखा प्रमुख दयाकृष्ण पन्त र अस्पताल साखा प्रमुख डा.चेतराज जोशीले एउटा फायल बनाइदिएका थिए । तर पन्तको सरुवा र जोशीको महासाखा फेरिएसंगै फायलनै गायब भयो । थापाका अनुसार पछि धेरै खोजेर बल्ल फायल मिल्यो । फायल त मिल्यो तत्कालिन मन्त्री कृष्णराज सुवेदीबाटपनि आश्वासन त पायौँ तर काम भएन उनले भने ‘कर्मचारी र मन्त्रीले काम हुने आश्वासन दिए तर काम भएन नाती स्कुल हाल्ने भइसक्यो खै अहिलेसम्म केही हेरेका छैनन कहिले हेर्नुहुन्छ ।’
यसबारे मन्त्रालयका तत्कालिन अस्पताल महाशाखा प्रमुख डाक्टर जगदीश जोशीले आफूलाई सोबारे जानकारी नभएको बताए । उनले भने, ‘मन्त्रालयबाट केही भएको जस्तो मलाई लाग्दैन । अस्पतालले सम्झौता गरेकोले अस्पताललाई नै जानकारी होला ।’
स्वास्थ्य महाशाखाका तत्कालीन प्रमुख दयाकृष्ण पन्तले आफूहरूले टिप्पणी उठाएर मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पठाएको बताए । उनले भने, ‘हामीहरूले टिप्पणी उठाएर मन्त्रिपरिषद्को कार्यालयमा पठाएका थियौँ । त्यसपछि मेरो सरुवा भयो । त्यसपछि त्यो प्रक्रिया के भयो भन्ने मलाई जानकारी भएन ।’
सामाजिक विकास मन्त्रालयका प्रवक्ता नरेन्द्रसिंह कार्कीले अर्थिक मामिला मन्त्रालयले सहमति नदिएका कारण प्रक्रिया अघि बढ्न नसकेको बताए । उनले भने, ‘सहमति भयो, टिप्पणी पनि उठ्यो, तर कानुन नहुँदा मन्त्रालयले फाइल फिर्ता पठायो ।’