दार्चुला। दार्चुलामा १२ जनामा देखियो स्क्रब टाइफस देखीएको छ । दार्चुला जिल्लाका ५ वटा स्थानीय तहका १२ जनामा स्क्रब टाइफस देखिएको हो । जिल्लाका ८ जना महिला सहित १२ जनामा स्क्रब टाइफस देखिएकोे अस्पतालले जनाएको छ । जिल्लाको महाकाली नगरपालिका तथा लेकम गाउँपालिकाका ८ जना महिला व्यासँ मार्मा मालिकार्जुन गाउँपालिकाका ४ जना पुरुषगरी १२ जनामा स्क्रब टाइफस देखिएको जिल्ला अस्पताल दार्चुलाका सुचना अधिकारी डम्मर दत्त भट्टले जानकारी दिए । सूचना अधिकारी भट्टका अनुसार साउन १३ गते देखि २४ गते सम्म ४जना पुरुष तथा ८ जना महिला गरी १२ जनामा स्क्रब टाइफस देखिएको जानकारी दिए ।
दार्चुलाको व्याँस गाउँपालिका मार्मा गाउँपालिकामा समान १/१ जना पुरुष मालिकार्जुन गाउँपालिकामा २ जना पुरुष तथा महाकाली नगरपालिकामा ७ महिला लेकम गाउँपालिकामा १ जना महिला गरी ८ महिलामा स्क्रब टाइफस देखिएको छ । जिल्ला अस्पताल दार्चुलामा उपचारका लागि पुगेका व्यक्तिहरुको आरडीटी चेकजाँच गर्दा स्क्रब टाइफस देखिएको अस्पतालले जनाएको छ । गत बर्षमा जिल्लाभरी ३४ जनामा स्क्रब टाइफसको संक्रमण पुष्टि भएको थियो । हालसम्म जिल्लामा देखिएकाहरु स्क्राब टाइफसदेखिएका ११ जनालाई घर पठाइएको छ । हाल जिल्लाको मालिकार्जुन गाउँपालिकाका १ जना मात्रै जिल्ला अस्पताल दार्चुलामा उपचार भइरहेको छ ।
चिकित्सकहरुका अनुसार माइट नामक किर्नाको टोकाईबाट स्क्रब टाइफस हुने भएकाले सरसफाईमा बिशेष ध्यान दिनुपर्नेमा स्वास्थ्यकर्मीहरुले जोड दिएका छन् । गत वर्ष देखिएकाहरु मध्ये २५ जना महिला रहेका छन् । अहिले पनि ८ जना महिला नै छन ।महिलाहरु पशुचौपायको प्रत्यक्ष सम्पर्कमा रहने र ओसिलो ठाँउमा महिलाहरु घाँस तथा स्याउला सोतर गर्ने भएका कारण पुरुष भन्दा बढी महिलाहरु स्क्रब टाइफसको जोखिममा रहेको जिल्ला अस्पताल दार्चुलाले जनाएको छ ।