धनगढी। बैतडी समाज कैलालीले आज धनगढीमा बृहत रक्तदान कार्यक्रम आयोजना गरेको छ। रक्तदान जीवनदान भन्ने नारा सहित समाजले आयोजना गरेको रक्तदान कार्यक्रम आज बिहान साढे ७ बजेदेखि समाजको सचिवालय,पदमा नर्सिङ्ग कलेजको प्राङ्गणमा भएको हो । बैतडी समाज कैलालीले आयोजना गरेको छैटौं बृहत रक्तदान कार्यक्रममा ७७ जनाले रक्तदान गरेका छन् । कार्यक्रमका संयोजक राजु चन्दले कोभिड १९ का कारण रक्तदान कार्यक्रममा बिगतका बर्ष भन्दा केही कम रक्तदाताहरुको उपस्थीती रहेपनि भब्यताका साथ रक्तदान कार्यक्रम गरिएको जानकारी गराए । संयोजक चन्दले रक्तदान कार्यक्रममा सहभागी भएका र रक्तदान गर्ने सम्पुर्णलाई धन्यवाद ब्यक्त गर्दै रक्तदातालाई सम्मान तथा प्रमाण पत्र समेत प्रदान गरिएको जानकारी दिए । यस्तै रक्तदान कार्यक्रमका सहभागीहरूलाई खिर, पुरी, जुस र फलफुलको व्यवस्था गर्नेलाई धन्यवाद ब्यक्त गरेका छन्।
बिभिन्न स्वास्थ्य संस्थामा देखिएको रगत अभावलाई मध्येनजर गर्दै धनगढीमा छैटौं पटक बृहत रक्तदान कार्यक्रम गरिएको र आगामी समयमा पनी निरन्तरता दिइने उनले जानकारी दिएका छन् । अस्पतालमा रगत नपाएर कसैले पनि ज्यान गुमाउन नपरोस् भन्ने उद्धेश्यका साथ बैतडी समाज कैलालीले रक्तदान कार्यक्रम गर्दै आइरहेको छ । आफुहरुको नियमित कार्यक्रम अनुसार रगत अभावलाई सहज बनाउन रक्तदान कार्यक्रम यसभन्दा अगाडी पाँचौ पटक रक्तदान कार्यक्रम आयोजना भैसकेको बैतडी समाज कैलालीले जनाएको छ । बर्षको दुई पटक रक्तदान कार्यक्रम र एक पटक पुख्यौली थलो बैतडीको दुर्गम ठाउँमा हरेक वर्ष बृहत स्वास्थ्य शिविर आयोजना गर्दै आएको छ । बैतडी पुख्यौली घर भई कैलालीमा बस्दै आएकाहरुले संगठीत भई स्थापना गरेको बैतडी समाज बेला बखत विभिन्न किसिमका सामाजिक कार्य गर्दै आएको छ ।