धनगढी। नेपाल परिवार दलका सुदूरपश्चिम प्रदेश संयोजकद्धारा नेकपा एमालेका नेता तथा पुर्ब प्रधानमन्त्री झलनाथ खनाल स्वास्थ्य लाभको कामना गर्दै स्वाथ्य अवस्थाको बारेमा जानकारी लिइएको छ । आज नेपाल परिवार दलका सुदूरपश्चिम प्रदेश सयोजक खडक नागरीले नेकपा एमालेका नेता तथा पुर्ब प्रधानमन्त्री झलनाथ खनालको स्वास्थ्यको बारेमा दिल्लीस्थीत एपोलो हस्पिटलमा डाक्टर लामा संग भेटघाट गरि पूर्वप्रधानमन्त्री खनालको शु स्वास्थ्यको कामना सहित दिल्लीमा भेटघाट गरेका हुन् । स्वयम नेपाल परिवार दलका सुदूरपश्चिम प्रदेश सयोजक खडक नागरी अस्पतालमै पुगेर पूर्वप्रधानमन्त्री खनालको स्वास्थ्य अबस्थाबारे डाक्टरहरुसंग जानकारी लिएको बताए ।
हाल आइसियुमा राखेर उनको उपचार भैरहेको छ। पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालको भारतको नयाँ दिल्लीस्थित एपोलो हस्पिटलमा सर्जन डा. सन्दिप गुलेरिया र नेफ्रोलोजिस्ट डा.अखिल मिश्र नेतृत्वको टोलीले नेतृत्वको चिकित्सक टोलीले बुधबार सफलतापूर्वक मिर्गौला प्रत्यारोपण गरिएको छ। नेता खनालले अब केही दिन अस्पतालमै आराम गर्नुपर्ने छ। स्वास्थ्यमा समस्या आएपछि जेठ ३१ गते थापाथलीस्थित नर्भिक इन्टरनेशनल अस्पताल भर्ना गरिएका खनाललाई थप उपचारको लागि असार २ गते पनि दिल्ली लगिएको थियो।