धनगढी। एमसीसी सम्झौता खारेजी माग गर्दै राष्ट्रिय स्वतन्त्र युवा विद्यार्थी संघले शुक्रबार धनगढीमा प्रर्दशन गरेको छ। राष्ट्रिय स्वतन्त्र युवासंघ कैलालीले एमसीसी सम्झौता खारेजीको माग सहित राष्ट्रिय स्वाधिनता रक्षार्थ सुदुरपश्चिम प्रदेश मुख्य मन्त्री कार्यालय हुँदै पार्कमोडसम्म बिरोध प्रर्दशन आयोजना गरेको हो । विरोध प्रर्दशन सुदूरपश्चिम प्रदेश कमिटी अध्यक्ष नितिश जोशी र कैलाली जिल्ला कमिटी अध्यक्ष रबिन गिरीको नेतृत्वमा भएको जनाइएको छ। बिरोध कार्यक्रमले शासकहरूलाई एम सि सि पास नगर्न दबाब दिने छ भन्ने कुरामा संगठनका प्रदेश अध्यक्ष नितिश जोशीले जानकारी दिएका छन् ।
उनीहरुले चर्को नारा सहित एमसीसी सम्झौता खारेज गरौँ, राष्ट्रिय स्वाधिनताको रक्षा गरौँ, राष्ट्घाती एम सि सि चाहिदैन, देश बेच्न पाइदैन । नेपाललाई उपनिबेश बनाउन पाइदैन। राष्ट्रिय दलाल होशियार भन्दै नारालगाउदै धनगढीको मुख्य मन्त्री कार्यालय देखी पार्कमोडसम्म बिरोध र्याली निकालेका थिए । नेपाली झण्डा बोकेर आएका उनीहरुले भारतीय ज्यादती विरुद्ध समेत नारा बाजी गरेका थिए । बिरोध प्रदर्शन कार्यक्रममा विद्यार्थी संगठनको उपस्थिति रहेको थियो । साथै संगठनले विद्यार्थीको हकहित र आगामी दिनमा विभिन्न कार्यक्रमहरू आयोजना गर्ने जनाएको छ ।