धनगढी। धनगढीमा भोली हुने बैतडी समाज कैलालीको वृहत रक्तदान कार्यक्रमको तयारी पुरा भएको छ । बैतडी समाज कैलालीले भोली २३ गते धनगढीमा आयोजना गर्ने छैैटौं वृहत रक्तदान कार्यक्रमको तयारी पुरा भएको जनाएको हो। रक्तदान, जीवन दानुु भन्ने नारा सहित समाजले भोली शनिबार आयोजना गर्ने रक्तदान कार्यक्रमको सम्पूर्ण तयारी पुरा भएको रक्तदान कार्यक्रमका संयोजक राज बहादुर चन्दले जानकारी दिए। रगत अभावलाई मध्यनजर गर्दै आयोजना गरिएको रक्तदान कार्यक्रम भोली बिहान साढे ७ बजेदेखि धनगढी स्थित समाजको सचिवालय रहेको पदमा नर्सिङ्ग कलेजको प्राङ्गणमा हुनेछ ।
उनले कोरोना कहरको यो अत्यासलाग्दो समयमा मानव जीवनलाई बचाउन रक्त सञ्चार केन्द्रहरूमा रगतको झन बढी आवश्यकता रहेकोले सबैले जागरुक भएर रक्तदान गर्न हुन सम्पुर्ण रक्तदाताहरुलाई अपिल गरेका छन । रक्तदान जस्तो बहुमुल्य र पुण्य काम अरु कुनैं नभएकाले समाजले गरेका यस अघिका रक्तदान कार्यक्रममा झैं यो कार्यक्रममा पनि उल्लेख्य रूपमा रक्तदाताहरु सहभागी हुने आफुहरुले बिश्वास लिएको कार्यक्रमका संयोजक चन्दले बताए । रक्तदान कार्यक्रममा सहभागी भई रगत दान गर्दै जीवन दान गर्न सबैमा उनले आग्रह समेत गरेका छन् । बैतडी समाज कैलालीले बर्षको दुई पटक रक्तदान कार्यक्रम र एक पटक पुख्यौली थलो बैतडीको दुर्गम ठाउँमा हरेक वर्ष बृहत स्वास्थ्य शिविर आयोजना गर्दै आएको छ। बैतडी पुख्यौली घर भई कैलालीमा बस्दै आएकाहरुले संगठीत भई स्थापना गरेको बैतडी समाज बेला बखत विभिन्न किसिमका सामाजिक कार्य गर्दै आएको छ ।