धनगढी। सुदूरपश्चिम प्रदेश सरकारले प्रकाशन गर्ने राजपत्रको छपाइको काम प्रदेशमै हुने भएको छ। प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले मुद्रण मेसिन भित्र्याए पछि प्रदेशमै राजपत्र छाप्न सकिने भएको जनाइएको हो । यसअघि राजपत्र छाप्न कै लागि अन्य प्रदेश जानुपर्ने बाध्यता रहेको थियो। तर अब मुद्रण मेसिन जडान भएपछि राजपत्र छाप्नकै लागि अन्यत्र धाउनुपर्ने बाध्यता हट्नेछ।
आन्तरिक मामिला तथा कानून मन्त्री पूर्णा जोशीले कानून मन्त्रालयमा राजपत्र छपाइ गर्ने मेसिन धनगढी आईपुगेको जानकारी दिइन्। उनले भनीन्, अबको केहि दिनमा सो मेसिन जडान हुन्छ । सरकारले निर्माण गर्ने कानून राजपत्रमा प्रकाशित गर्नुपर्ने नियम रहेको छ ।