काठमाडौं। नेकपा एमालेको माधव नेपाल पक्षको केन्द्रीय समिति बैठक अघि स्थायी कमिटी सुरु भएको छ । बुद्धनगरस्थित क्वालिटी बैंक्वेटमा सुरु भएको बैठकले केन्द्रीय समिति बैठकको एजेण्डा तय गर्ने नेताहरुले बताएका छन् । स्थायी कमिटीले एजेण्डा तय गरेपनि सोही स्थानमा केन्द्रीय कमिटी बैठक सुरु हुनेछ । बैठकमा सहभागी हुनका लागि देशभरबाट माधव नेपाल पक्षीय नेताहरु आएका छन् । आजको बैठकबाट एमाले विभाजन हुने नहुनेबारे अन्तिम टुंगो लाग्ने एमाले नेताहरुको भनाइ छ।
अहिलेसम्मको परिस्थिति हेर्दा पार्टी एकताका लागि भइरहेको प्रयास उत्साहजनक नभएको नेपाल पक्षका एक नेताले बताए । ओली पक्षले बुधबार साँझ एक विज्ञप्ति जारी गरि नेपाल पक्षले बेलाएको केन्द्रीय कमिटी बैठकमा सहभागी नहुन केन्द्रीय सदस्यलाई अपिल जारी गरिसकेको छ । ओली पक्षले बैठक अवैधानिक भएको पनि बताएको छ ।