बाजुरा । बाजुरामा भूमि आयोग खारेजको विरोधमा सरकार विरुद्ध जुलुस प्रर्दशन गरिएको छ । सरकारले भूमि समस्या समाधान आयोग खारेज गरेको विरोधमा बाजुरामा प्रर्दशन गरिएको हो । भूमिहिन जनताको जमिन माथिको अधिकारमा बन्देजगर्ने जनविरोधी निर्णय सच्याउन माग सहीत विरोध र्याली प्रर्दशन गरिएको जनाइएको छ । नेकपा एमाले निकट युवा संघ, अनेरास्ववियु, नेपाल खेलकुद महासंघ, युथ फोर्स लगायतका संगठनले सयुक्त रुपमा विरोध प्रर्दशन गरेका हुन् । सुकुम्बासी जनतालाई जमिनको अधिकार दिने गरि व्यवस्था गरिएको आयोग खारेज गरेर सुकुम्बासी माथि अन्याय गर्र्ने गठबन्धन सरकारका विरुद्धमा विरोध गरिएको नेपाल खेलकुल महासंघ बाजुराका सचिव लक्ष्मण रोकायाले जानकारी दिए ।
मार्तडी बजारमा सरकारका विरुद्धमा नारा बाजी गर्दै गठबन्धन सरकारको विरोध गरेका छन् । दार्चुलामा भारतीय एसएसपीले तुइन काटेर नेपाली नागरिकको हन्त्या गर्दा समेत दलाली सरकार बोल्जन नसकेकोमा पनि युवा विद्यार्थीले आपत्ती जनाएका छन् । मार्तडी बजारमा नारा जुलुस सहीतको विरोध र्याली पछि लोकतान्त्रिक चोकमा कोण सभामा आयोजना गरिएको थियो । देशमा संकट आको छ, केपी बा कै खाँचो छ, देश बेच्न पाइदैन्, कम्र्फटेबल सरकार मुर्दावाद, भूमि आयोग खारेजीको निर्णय फिर्ता ले, सुकुम्बासी विरोधी सरकार मुर्दावाद जस्ता नारा लगाएका थिए । लाखौ सुकुम्बासी परिवारलाई जमिनका मालिक बनाउने र सबै जनतालाई जमिनकोे हकको ग्यारेन्टी गर्ने ओली सरकारको निर्णयलाई विचलित मानसिकता राखेर जनविरोध निर्णय गर्ने छुट वर्तमान सरकारलाई नभएकोले तत्काल सच्याउन दबाबका लागि विरोध प्रर्दशन गरिएको यवा संघका केन्द्रीय सदस्य मिलन अयडीले बताए ।
बस्ने घरका लागि समेत जमिन नपाएर अरुको साहरामा बाँचेका जनतालाई जग्गा दिने ओली सरकारको निर्णयलाई देउवा नेतृत्वको परमादेश सरकारले खारेज गरेर ठूलो कमजोरी गरेको र यसको जवाफ सुकुम्बासीले आगामी निर्वाचनमा दिने नेकपा एमालेका नेता दिलबहादुर कुँवरले बताएका छन् । २०५२ सालमा तत्कालिन नेकपा एमाले नेतृत्वको सरकारले भूमि आयोग बनाएको थियो । पछि काँग्रेस नेतृत्वको सरकारले खारेज गरेको थियो । त्यस्तै नेकपा एमालेकै अध्यक्ष ओली नेतृत्वको सरकारले गठन गरेको भूमि आयोग यो पटक पनि काँग्रेस नेतृत्वकै सरकारले खारेज गर्ने निर्णय गरेको छ । सर्वाहारा जनताको पक्षमा रहेर काम गर्ने नारा बोकेको काँग्रेसले जनताको अधिकार माथि बुट प्रहार गरेर भूमिहिनलाई भूमिका मालिक बन्न नदिने खेल खेलेको प्रति युवा विद्यार्थी नेताले आपत्ती जनाएका छन् । भूमि आयोग खारेजीको निर्णय फिर्ता नगरे र दार्चला घटनाको सत्यतथ्य जाँच नगरे देश र जनताका लागि युवा विद्यार्थी पुनः एक पटक बलिदान गर्न तयार रहेको युवा विद्यार्थी नेताहरुले चेतावनी दिएका छन् ।