दार्चुला। सीमानाका नेपाली भारतीय पक्षबाट पटक–पटक ज्यादती खेप्दै आएका छन् । साउन १५ गते शुक्रबार व्याँस गाउँपालिका–२, मालघाटमा महाकाली तर्ने क्रममा भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले तुइन फुकाइदिएपछि ३३ वर्षीय जयसिंह धामी बेपत्ता भए । सदरमुकाम खलंगा हिँडेका धामी महाकालीमा बेपत्ता भएका छन् । आजसम्म उनी फेला परेका छैनन् । घट्नाका प्रत्यक्षदर्शी तथा तुइन तार्ने कल्याणसिंह धामीका अनुसार घटना हुनुअघि भारतीय एसएसबीको टोली तुईन लगाएको ठाउँ पुगेको थियो । एक जनाले हातमा आरा बोकेको थियो । अर्काको हात खाली थियो । खाली हात आएका एसएसबीले दुर्गदै आएर रुखमा बाँधेको तीन फन्को तारको डोरी फुकाउन थाले । तुईनमा प्रयोग गरिएको तार नफुकाल्न अनुरोध गर्न जयसिह हतार हतारमा त्यही तारमा भारततर्फ लागे । कल्यानले नेपाली भूमिबाट एसएसबीलाई तीन जना भारत जान दिनुस् भन्दै आग्रह गरे तर उनले सुनेन्, वा आग्रहलाई वेवास्ता गरिदिए । तुईन एक छिन नखोल्न आग्रह गर्न हिँडेका जयसिह भारततर्फ पुग्नै लाग्दा रुखबाट पूरै तुईनको तार नदीमा लत्रियो, । त्यही तुईनसँगै जयसिह पनि महाकालीमा वेपत्ता भए । करिब ३० सकेन्डसम्म देख्न सक्यौ ।
उनी भारततर्फ बगेको कारण हामीले निकाल्न सक्ने अवस्था पनि रहेन् । एसएसबी जयसिह महाकालीमा खस्ने वित्तिकै कुदे । कामको खोजी गर्न दार्चुला सदरमुकाम हुँदै काठमाण्डौ जान हिडेका जयसिह त्यही एसएसबीको कमजोरीले महाकालीमा विलय भए । २०५९ सालदेखि तुइन सञ्चालन गर्दै आउनुभएका कल्याण सिह धामीले यसअघि यतिसम्मको अमानवीय व्यवहार कहिल्यै देखेका थिएनन् । मान्छे नहूँदा तुइनको तार काटिदिन्थे । तर्दै गरेको देख्यो भने गाली गलौच, कहिलेकाही समान फालिदिने र हातपात समेत गर्ने गरेको देखे तर यो पटकको जस्तो मान्छे नै नदीमा फाल्ने हर्कत देखिन्, उनेले भने । एकसाता देखि निरन्तर एसएसबीको ज्यादती चलेको थियो । पाँच दिन अघि खलंगाबाट तुइन तरेर मालगाउँ जाँदा आफुलाई आमा शब्द प्रयोग गर्दै गाली गलौच गरेको मृतकका भाई नरेन्द्रसिह धामी बताउछन् । भारतीय एसएसबीले कहिले दाउँरा नदिएको रिष त कहिले दाल नदिएको भन्दै सीमाका नेपालीलाई गाली गलौच गर्ने, तुइन तर्न नदिने विषय पहिलेदेखि नै हो, व्यास गाउँपालिका ३ का वडाअध्यक्ष उपेन्द्रसिह धामीले भने, हामी सानै बचपन देखि गाली खाएका छौं । तर अहिलेको जस्तौ ज्यानै लिने गरी गरेको घट्ना चाही याद छैन् । यो ठाउँमा वर्षौदेखि रोटी बेटीको सम्बन्ध छ । इष्टमित्र चेलीबेटी वारीपारी छन्, व्यास गाउँपालिका प्रवक्ता धिरेनसिह बुढाथोकीले भने, अहिले जस्तो अमानवीय र जघघन्य अपराध यसअघि भएको थिएन् ।
अहिलेको घट्नाको जति भत्र्सना गरे पनि कम हुन्छ । पुर्खादेखि सदरमुकाम खलंगा आउजाउ जान गर्ने यही बाटोको प्रयोग हुन्छ । आफ्नै जिल्ला सदरमुकाम पुग्न भारतीय बाटो प्रयोग गर्नुपर्ने रहर नभएर बाध्यता हो, हामीहरुको, बुढाथोकीले भने, नेपालतिरै बाटो र सडक भइदिएको भए किन अकालमै ज्यान गुमाउनु पथ्र्यो ।उनले थपे, भारतसँगको परर्निभरता अन्त्य गर्न निर्माणाधीन दार्चुला तिंरक सडक निर्माण कार्यलाई तिव्रता दिइनुपर्छ । पूलको ठेक्का भएको लामो समय भइसक्यो, पूल निर्माण नगर्ने निर्माण व्यवसायीलाई कारवाही गरिनुपर्छ । जयसिह धामी तुइन तर्नुभन्दा अघि मालगाउँकै बहादुरसिह धामी, मानसिह धामी, अमरसिह धामी र गौरसिह धामी तरेका थिए । जयसिह पछि तुइन तर्ने लाइनमा विक्रम रंकोली र अमिता धामी थिइन् । मान्छे तर्न देख्दा देख्दै रुखमा बाँधिएको तुइनको फुकाल्नु गम्भीर अपराध हो, बुढथोकी भन्छन् । मान्छे तरिरहेको तुइन फुकाइदिएर भारतीय एसएसबीले अमानवीय व्यवहारको अहलिे सर्वत्र विरोध भइरहेको छ । जसको विरोधमा राजनीतिक दल अनि संगठनहरूले विज्ञप्ति जारी तथा सडक तताउन थालेका छन् । आइतबार विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी र एमाले निकट अखिल नेपाल राष्ट्यि स्वतन्त्र विद्यार्थी युनियनले जयसिंह धामीको घट्नाको सत्यतथ्य बाहिर ल्याउन माग गरेको छ । विप्लवका जिल्ला सचिव भरत मल्ल नेतृत्वको टोलीले प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशीलाई भेट गरी घट्नाबारे सत्यतथ्य बाहिर ल्याउन माग गरे । यो घटनामा संलग्न दोषीलाई कारवाहीको दायरामा ल्याउनुपर्छ ।
यो तथ्यलाई प्रत्यक्षदर्शीहरुको भनाइले पुष्टि गरेको तर, भारतको पिथौरागढ जिल्ला अधिकारीले दार्चुलाका प्रमुख जिल्ला अधिकारीलाई पत्र पठाएर यो घटनामा एसएसबीको संलग्नतालाई इन्कार गरेपछि घटनाबारे विप्लवले चासो दिएको हो । सचिव मल्लले भने, हामी सहिद बन्न तयार छौं तर सकेसम्म प्रशासनले निरीहता प्रदर्शन नगरोस् । घट्नासम्बन्धमा सुक्ष्म ढंगले हेर्दैछौ । छिट्टै आन्दोलनका कार्यक्रम ल्याउँछौ । यस्तै अखिलका जिल्ला अध्यक्ष आनसिह बडालले घट्नाप्रति गम्भीर ध्यानाकर्षण गराउँदै दोषीमाथि छानबीन गरि कारवाहीको दायरामा ल्याउनुपर्ने माग गरेका छन् । प्रमुख जिल्ला अधिकारी जोशीलाई ज्ञापन पत्र बुझाउँदै घट्नाको सम्बन्धमा निष्पक्ष छानबीन हुनुपर्ने बताएको छ । पीडित र प्रत्यक्षदर्शीको आवाज उठाउँदा मिडियामा समाचार सम्प्रेषण गर्न नहुने तथा बन्देज लगाउने गरी गृह मन्त्रालय र जिल्ला प्रशासन कार्यालय दार्चुलाले निकालेको विज्ञप्तीको भत्र्सना गरेको छ । साथै अखिलले पीडित परिवारलाई उचित क्षतिपूर्ति दिलाउन समेत माग गरेको छ ।महाकाली पारि जान दार्चुलामा मात्र ११ ठाउँमा तुइन छन् । पछिल्लो दुई सातादेखि सीमा क्षेत्रमा एसएसबीले निगरानी बढाएको छ । दिनदिनै तुइन काटिएका छन् । तर, शुक्रबार भने अकल्पनीय र अमानवीय घटना भएकाले दार्चुलावासी चिन्तित छन् । सरकारले २०७४ भित्र तुइनमुक्त देश बनाउने घोषणा गरेको भएपनी अझैसम्म त्यो कार्यान्वयन भने हुन सकेको छैन् । यस्तै समस्या सीमाका नेपालीहरु भारतीय पक्षबाट पटक–पटक ज्यादती खेप्दै आएका छन् । यस तर्फ नेपाल सरकारको बेलैमा ध्यान जान आवश्यक छ ।