धनगढी : सुजुकी कम्पनिको सुजुकी एक्सेस, बिएस सिक्स स्कुटर धनगढीमा लन्च भएको छ । धनगढीको बोराडाँडी स्थित सुजुकीको आधिकारिक बिक्रेता पश्चिम नेपाल सप्लायर्समा आज लन्च गरिएको हो । कैलाली उधोग बाणिज्य संघका अध्यक्ष पुस्पराज कुँवरले एक कार्यक्रमका बिच स्कुटर लन्च गरेका हुन् ।
पश्चिम नेपाल सप्लायर्सका प्रबन्ध निर्देशक महेन्द्र कुमार सिहंको सभापतित्वमा भएको कार्यक्रममा कैलाली उधोग बाणिज्य संघकै निबर्तामान उपाध्यक्ष हिक्मत कुँवर, सचिव शिद्धराज पनेरु, कार्यकारी निर्देशक गोमा अधिकारी लगायत बिभिन्न क्षेत्रमा आबद्ध ब्यक्तीहरुको सहभागिता थियो ।
कार्यक्रममा स्वागत मन्तब्य राख्दै सप्लायर्सका म्यानेजर लोकेस ओझाले एक्सेस, बिएस सिक्स स्कुटरको दर २ लाख ५९ हजार ९ सय रुपयाँ रहेको बताए । उनले स्कुटरको ५ बर्ष र ब्याट्रीको १ बर्ष वारेन्टी रहेको बताए ।
आजै वर्गभ्यान स्कुटीपनि लन्च गरिएको छ । सो स्कुटीको मुल्य २ लाख ७४ हजार ९ सय रहेको छ । मोवाइल चार्जिङ, डिजिटल मिटर, एल इ डि लाइट सहितको सुबिधा सहित सो स्कुटी लन्च गरिएको हो ।
लन्चिङ कार्यक्रमलाई सम्बोधन गर्दै कैलाली उधोग बाणिज्य संघका अध्यक्ष पुस्पराज कुँवरले स्कुटीले राम्रो बजार लिने बिश्वास ब्यक्त गरे । बजारको माग अनुसार सुजुकी कम्पनिले स्कुटी ल्याएको भन्दै कुँवरले सुभकामना दिए ।
कार्यक्रमको सञ्चालन फोटो पत्रकार महासंघ कैलालीका अध्यक्ष पाण्डव पुजाराले गरेका थिए ।