धनगढी । धनगढीमा आजदेखि कोरोना भाइरसविरुद्धको खोप लगाउन सुरु भएको छ । बिहानै देखि धनगढी उपमहानगरपालिकाको कभर्ड हलमा कोरोना विरुद्धको खोप लगाउनेको घुइँचो लागेको छ । आजदेखि १६ गतेसम्म उपमहानगरपालिकामा भेरोसेलको पहिलो मात्रा दिइन लागेको हो। उमहानगरपालिकाले सूचना जारी गर्दै ५५ वर्षमाथिका नागरिक, शिक्षक–कर्मचारी, सार्वजनिक यातायातका चालक तथा सहचालक, अति अत्यावश्यक सेवाका कर्मचारी र खोप अनिवार्य गरेको देशमा जाने नागरिकलाई खोप लगाइने जानकारी दिएको छ।
उक्त खोप अभियान सञ्चालन गर्न उपमहानगरले १९ वटा खोप केन्द्र तोेकेको छ।खोप प्राप्त गर्न ५५ वर्ष उमेर समूहकाले आफ्नो उमेर खुल्ने आधिकारी प्रमाणपत्र, विश्वविद्यालय र विद्यालयको हकमा परिचयपत्र, चालक तथा सहचालकको हकमा सवारी साधन नम्बरसहितको तथ्यगत विवरण प्रमाणीत गरेको यातायात व्यवसायी संघको आधिकारीक प्रमाणपत्र लगेर जानुपर्ने छ।