धनगढी । नेकपा एमालेका अध्यक्ष एंव पूर्वप्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरेका छन्। शुक्रबार बिहान साढे ११ बजेतिर ओली राष्ट्रपति भण्डारीलाई भेट्न शितल निवास पुगेका थिए।
राष्ट्रपति भण्डारीले अध्यक्ष ओलीबीच झन्डै ४५ मिनेट कुराकानी भएको राष्ट्रपति भण्डारीका स्वकीय सचिव भेषराज अधिकारीले जानकारी दिए।
उहाँहरूबीच समसामयिक राजनीतिक घटनाक्रमबारे कुराकानी भएको हो,’ अधिकारीले भने। प्रधानमन्त्रीबाट हटेपछि ओली पहिलो पटक राष्ट्रपति भण्डारीलाई भेट्न शितल निवास पुगेका हुन्। यसअघि असार २९ गते शितल निवासमा भएको प्रधानमन्त्री शेरबहादुर देउवाको सपथमा ओली अनुपस्थित भएका थिए।