धनगढी। विदेशमा रहेका युवाहरुबाट संकलित २५ हजार मुल्य बराबरको खाद्य सामाग्री सुप समावेशी विद्यालयलाई सहयोग गरिएको छ । विदेशमा रहेका युवाहरुबाट संकलित रकमबाट खाद्य सामाग्री तथा शैक्षिक सामाग्री खरिद गरि कैलाली जिल्लाको अत्तरियामा रहेको सुदूरपश्चिम समावेशी विद्यालयलाई सहयोग गरिएको हो। कैलालीको गोदावरी नगरपालिका ४ बास्कोटा निवासी सामाजसेवी डिबी मल्लको पहल र हाल कोरीयामा रहेका जोरायल गाउँपालिका ३ सेगुनीका हर्क बहादुर मल्लको संयोजकत्वमा विदेशमा रहेका ११ जना युवाहरुले संकलन गरेको रकमबाट खाद्य सामाग्री तथा शैक्षिक सामाग्री खरिद गरि विद्यालयलाई सहयोग गरिएको जनाइएको छ।
४ कट्टा चामल, १० किलो दाल , ८ लिटर तेल लगायत सोडा,साबुन, नुन र स्टेसनरीका सामान वितरण गरिएको छ । उक्त सामग्री विद्यालयलाई हस्तान्तरण गर्न समन्वय गरेका विनोद मल्लले २५ हजार रकम बराबरको सामग्री सहयोग गरिएको जानकारी दिए । उक्त सहयोग सामग्री विद्यालयका प्रधानाध्यापक देवी साउँदलाई हस्तान्तरण गरिएको हो । सो रकम सहयोग गर्नेमा कामको सिलसिलामा बहराईन रहेका गोदावरी ४ का गणेश मल्ल , साउदीमा रहेका धनगढीका भरत बोहोरा, साउदीमा रहेका मसुरीयाका मेलन कलेल र काठमाडौका शोमु मोक्ताङ रहेका छन् । यस्तै दक्षीण कोरियामा काम गरिरहेका जोरायल गाउँपालिका वडा न ३ का हर्क बहादुर मल्ल, बर्दियाका रमेश थापा , खोटाङका सुदिप राई , कैलाली टिकापुरका कृष्ण कठरीया, कञ्चनपुर झलारीका हेमराज भट्ट र कैलालीकै अत्तरीयाका शेन बोहरा रहेका छन् ।
‘