बझाङ। बझाङमा ट्याक्टर दुर्घटना भएको छ । ट्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको बझाङ प्रहरी जनाएको छ। बझाङको बुंगल नगरपालिका–२ गिरौँमा ट्याक्टर दुर्घटना हुँदा सोहि गाउँका ४५ वर्षीय मान बहादुर धामीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी निरीक्षक एवम् सुचना अधिकारी कमल चौधरीले जानकारी दिए।
मंगलबार राति ८ः०० बजेतिर कालंगा हाइड्रोपावरको सुरुङ निर्माणको लागि बालुवा लोड गर्नेक्रममा से २ प २५६६ नम्बरको रोकेर राखेको ट्याक्टर अचानक गुडेपछी कालंगा हाइड्रोपावरमा ज्याला मजदुरी गर्दै आएका धामी च्यापिएर घाईते भएका थिए।
घाईते धामीलाई उपचारको लागि देउलेख प्रथामिक स्वास्थ्य केन्द्रमा उपचार लगिएको र उपचारकै क्रममा स्वास्थ्य चौकीमै धामीको मृत्यु भएको सुचना अधिकारी चौधरीले जानकारी दिए। घटना मंगलबार भएको भएपनि बुंगलमा मोबाईल नेटवर्कको समस्या हुदाँ जानकारी ढिला आएको र कञ्चनपुरको झलारी घरभएका बर्ष २६ का ट्याक्टर चालक धर्मराज चौधरीलाई प्रहरीले नियन्त्रणमा लिइ आवश्यक अनुसन्धान गरिरहेको समेत चौधरीले बताए ।