काठमाडौं। नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र नेत्रविक्रम चन्द (विप्लव)समूहको नेकपाका नेताहरबीच भेटवार्ता भएको छ । भेटका लागि महासचिव नेत्रविक्रम चन्द विप्लव, खड्गबहादुर विश्वकर्मा प्रकाण्ड र धमेन्द्र बस्तोलाई ओली, निवास बालकोटमा पुगेका थिए । भेटमा सहभागी एमाले नेता राजन भट्टराईका अनुसार विप्लव समूहका नेताहरुले हिजो जे सहमति गरेर आएका हौं, त्यसअनुसार नै अगाडि बढ्न चाहन्छौं भनेका थिए ।
उनीहरुले १ फागुन २०७७ मा सरकारसँग भएको तीनबुँदे सहमति कार्यान्वयनमा ढिला भएको गुनासो थियो । ‘कानूनी जटिलता थिए, त्यो फुकाउने क्रममा अगाडि बढ्दै जाँदा समय नपुगेको हो। अन्यथा रुपमा लिनु हुँदैन भन्यौं’ एमाले नेता भट्टराईले भनेका छन् । अध्यक्ष ओलीले पनि सरकार भए पनि विपक्षमा रहे पनि सहमतिबारे आफ्नो धारणा एक रहने बताएका छन् ।