निर्मल रैका, धनगढी। आन्दोलनमा अग्रणी भूमिका तथा योगदान पुर्याए वाफत संविधान सभा सदस्य तथा हलिया मुक्ति आन्दोलनका अगुवा हरि श्रीपाइलीलाई सम्मान गरिएको छ । मुक्त कमैया तथा बड्घर समाज नेपाल टीकापुरको आयोजनामा २१ औँ मुक्त कमैया दिवसको अवसरमा सूदूरपश्चिमको मानव अधिकार,सामाजिक न्याय,दलित एंव,कमैया,कमलरी हलिया मुक्तिको आन्दोलनमा अग्रणी भूमिका तथा योगदान पुर्याए वाफत संविधान सभा सदस्य तथा हलिया मुक्ति आन्दोलनका अगुवा हरि श्रीपाइलीलाई सम्मान गरिएको छ। कमैया मुक्ति आन्दोलनमा बिशिस्ट योगदान पुर्याएको भन्दै २१ औँ मुक्त कमैया दिवसको अवसरमा सम्मान गरेको हो।
सम्मान कार्यक्रममा बोल्दै नेता श्रीपाइलीले आफू निरन्तर पछाडि पारिएको समुदायको अधिकारका लागि कलम चलाउने तथा वकालत गर्ने बताए । २०५१ साल देखि कमैयाहरुलाई संगठित,सुसूचित,जागरण,सचेतना,दिदै मुक्ति आन्दोलन र पुर्नस्थापना का लागि निरन्तर कृयाशिल राष्ट्रिय अभियन्ता हुन । दलित अधिकारका लागि राष्टिय संजालका केन्द्रीय अध्यक्ष समेत रहेका श्रीपाईली नेपाल सरकारको मुक्त हलिया पुर्नस्थपना कार्यदलका केन्द्रीय संयोजक समेत रहिसकेका छन् । उनकै कार्यकाल र अगुवाईमा सुदूर तथा मध्यपश्चिममा रहेका हजारौ हलियाहरुले मुक्ति पाएका थिए भने केहि प्रक्यिामा छन् ।