काठमाडौं। नेकपा एमाले स्थायी कमिटी बैठक सुरु भएको छ । च्यासलस्थित तुलसीलाल स्मृति भवनमा११ः४५ बजेबाट बैठक सुरु भएको हो । एमाले कार्यालयका सचिव शेरबहादुर तामाङका अनुसार आजको स्थायी कमिटी बैठकले भोलि बस्ने केन्द्रीय कमिटी बैठकको एजेन्डा तय गर्ने छ । विघटित कार्यदलका सदस्यहरूले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोट पुगेर शनिबार बैठक रोक्न आग्रह गरेका थिए। तर अध्यक्ष ओलीले बैठक रोक्न नसकिने जवाफ दिएका थिए।
आजको बैठकमा पनि नेपाल पक्ष सहभागी भएको छैन । यस्तै उपाध्यक्ष वामदेव गौतम पनि बैठकमा सहभागी भएका छैनन् ।यता वरिष्ठ नेता माधव नेपाल पक्ष भने सहमतिबिना बोलाइएको कुनै पनि बैठकमा सहभागी नहुने अडानमा छ । सोही अनुसार आजको बैठकमा पनि सहभागी नभएको नेपाल पक्षका नेता रघुजी पन्तले रातोपाटीलाई जानकारी दिए ।