धनगढी। बाढी पूर्वानुमान महाशाखाका अनुसार आज कोशी, नारायणी, कर्णाली, महाकाली र सहायक नदीमा बहाब सामान्य रहेको छ । महाकाली, कर्णाली र यिनका सहायक नदीमा बहाब उल्लेख्य बढ्ने र केहीमा सतर्कता तह पार गर्ने तथा नारायणी र कोशीका सहायक नदी कालीगण्डकी, मस्र्याङ्दी, बुढीगण्डकी, त्रिशुली, सुनकोशी, भोटेकोशी, तामाकोशी लगायतका नदीमा बहाव सतर्कता तह आसपास पुग्न सक्ने भएकाले सावधानी अपनाउन बाढी पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ।
कन्काई, कमला, बागमती, पूर्वी राप्ती लगायतका बहाव सामान्य घटबढ हुनेछ। दाङ, बाँके, बर्दिया, डडेल्धुरा, डोटी, अछाम, कैलाली, कन्चनपुर जिल्ला भइ बहने नदीमा बहाव बढ्ने र केहीमा सतर्कता तह पुग्ने पूर्वानुमान छ ।