धनगढी। धनगढी उपमहानगरपालिका–३ मा छाडा पशुचौपायाको व्यवस्थापन सँगै उपचार हुँदै आएको जनाइएको छ । धनगढी ३ चटकपुरमा निर्माण गरिएको गौशाला मार्फत छाडा पशुचौपायाकोे व्यवस्थापन देखी उपचारसम्म भैरहेको जनाइएको हो । यस्बारे आज गौशालाको बारेमा जानकारी दिएको हो । गौसालाको बारेमा जानकारी दिदै सञ्चालक रीता जोशी अवस्थीले गौशालामा १ सय ८ गाई अटाउने क्षेमता रहेकोमा अहिले ७० गाईको ब्यवस्थापन र संरक्षण हुँदै आएको बताइन् । यस्तै घाईते अवस्थाका १६ गाईको उपचार गरीरहेकोमा ६ गाई निको भएका छन् उनले जानकारी दिईन् । यस्तै ४ जनालाई गाई हेरालुको व्यवस्थापन गरिएको र रोजगार समेत प्रदान भैरहेको छ, भने गाईको संरक्षण गरिदै आएको उनले जानकारी दिएकी हुन् । छाडा पशुचौपायाको व्यवस्थित गर्न गौशाला निर्माण पछि गाईको व्यवस्थापन र समस्या समाधान हुन थालेको छ । बजारमा जताततै गाई मात्रै देख्दा हामीले थोरै भएपनि संरक्षणमा लाग्नु पर्छ भन्ने योजना छ, उनले भनीन् ।
बिभिन्न सहयोगीबाट सहयोग भएको छ भने ८५, ९० भन्दा बढीले मुठीदान गरेर सहयोग गरेका छन् । गौशालालाई व्यवस्थित गनका साथै गाईको दुध, मुत्र र गोबरको व्यापार गरिने छ । निकट भबिश्यमा गौमुत्र प्रशोधन र गौकाष्ठ मेसीन पनी सञ्चालनमा आउने सञ्चालक रीता अवस्थीले भनीन् । यसका साथै गोबरबाट धुप उत्पादनका लागि पनि विभिन्न निकायसँग प्राबिधिक सल्लाह भइरहेको छ । यस्तै गौसालाका स्थापक यस्पाल अबस्थीले अहिलेसम्म बाटोमा छोडेर घाइते भएका १६ गाईलाई गौसालामा ल्याएर उपचार गरिरहनु भएको छ, ती मध्य कोही सन्चो भए कोही हुदै छन् , कोही मरे , उहाँलाई सबैको साथ र सहयोग मिलेको छ। तर गाईको संरक्षण र ब्यवस्थापन तथा उपचार हामीे लागीरहेका छौँ । यस्मा सबैको साथ र सहयोग मिलेको छ। अब, आगामी दिनमा पनी सबैको साथ रहने अबस्थीले बिश्वास समेत ब्यक्त गरेका छन् ।