धनगढी। कोभिड १९का बिरामीहरुको सहयोगार्थ संचालन गरिएका विभिन्न अभियानहरुको हालसम्मपनी कुनै हिसाब किताब सार्वजनिक गरिएको छैन।विभिन्न ब्यक्ति तथा संस्थाहरु मार्फत संचालन गरिएका यस्ता अभियानहरुमा आर्थिक अनियमितता गरिएको सहयोगिहरुले नै गुनासो गर्न थालेका छ्न। यसैबिचमा नेकपा एमाले गोदावरीका नगर सचीव आनन्द भट्टले यस्ता अभियानहरुको हिसाबकिताब माग गरेका छ्न । सामाजिक संजाल फेसबुकमा लेख्दै युवानेता भट्टले यस्ता अभियानहरुको हिसाबकिताब जनतामाझ सार्वजनिक गर्नुपर्ने बताएका छ्न। गोदावरीमा पनि निश्चित उदेश्य राखेर जनस्तरबाट संचालन गरिएका यस्ता अभियानहरुको कुनै लेखाजोखा नै नभएको पाइएको छ।
नयाँ आर्थिक बर्षको पहिलो दिन, आमरुपमा बर्ष भरिको हिसाब किताब रुजु गर्ने र नयाँ आर्थिक बर्षकोलागि आर्थिक योजना तर्जुमा गर्ने दिनको रुपमा सबै नेपालीहरुले बुझ्ने गर्दछ्न। तर आजको दिनसम्म कुर्दापनी सामाजिक अभियानको रुपमा संचालन गरिएका कतिपय आर्थिक गतिविधिहरुको हालसम्म पनि कुनै लेखाजोखा भएको पाइएन। उनले सामाजिक सञ्जालमा लेखेका छन् । आमजनसमुदायले आफ्नो गाँस कटाएर कोभिड १९ का पीडितहरुको लागि गरेको सहयोगको हिसाब किताब चुस्तदुरुस्त रुपमा सार्वजनिक गर्न म सम्बन्धित सम्पुर्णलाई अनुरोध गर्दछु। यो विषम परिस्थितिमा राज्यका संयन्त्रहरु मार्फत गरिएका समेत कतिपय खर्चहरु अपारदर्शी एवं अनुचित किसिमका पाइएका छ्न यस्मा समेत म गहिरो चासो व्यक्त गर्दै सम्पुर्ण जनसमुदायलाई सचेत रहन अनुरोध गर्दछु। उनले लेखेका छन् ।