काठमाण्डौँ। एनआरएनए अष्ट्रेलियाको आगामी जुलाई ३१ मा हुने निर्वाचनका लागि अष्ट्रेलियन क्यापिटल टेरेटोरीमा रहेका लोकतान्त्रिक पक्षधरहरुले राज्य संयोजक सहितका विभिन्न पदमा उम्मेदवारी दर्ता गरेका छन् ।‘साझा एनएनआरएनए सबल एनआरएनए’ भन्ने मूल नारा सहित निर्वाचनमा होमिएका लोकतान्त्रिक पक्षधर समूहहरुले संयोजक पदका लागि सामाजिक अगुवा अशोक बस्नेतलाई अघि सारेका छन् । बस्नेतको नेतृत्वमा कार्यसमितिका बिभिन्न उम्मेदवार आ-आफ्नो उम्मेदवारी दर्ता गरेका छन्।
यसरी उम्मेदवारी दर्ता गर्नेहरुमा उपसंयोजक पदमा बिक्रम सुवेदी, सचिबमा काशी भुसाल, सह–सचिबमा सिता पौडेल, कोषाध्यक्षमा विशाल कंडेल रहेका छन् । त्यस्तै नारी निकुञ्ज संयोजकमा शेफलिका अर्यालले ऊम्मेदवारी दिएकी छन् भने उप-सँयोजकमा कृतिम गुरुङ र नारी निकुञ्ज सदस्यमा जुलिया श्रेष्ठ, वर्षा रानाभाट, बबिता शाह, सबुन ढङ्गले र लक्ष्मी बिष्टले उम्मेदवारी दिएका छन्। त्यसैगरी राज्यको युवा संयोजक पदमा सागर पौडेल, युवा उप–संयोजकमा अंर्जुन केसी, युवा सदस्यहरुमा रितेश कुमार महत, अनिल पौडेल, ललित बिष्ट र सुभाष तिवारी रहेका छन् । स्टेट कोअर्डिनेसन कमिटि (एससिसि) सदस्यहरुमा बसन्त भट्ट, पारस मल्ल, सुभाष चापागाई, र राम खड्का रहेका छन् भने एनसिसि सदस्यहरुमा सुमन देवकोटा तथा विनोद उप्रेतीले उम्मेदवारी दर्ता गरेका छन् ।
त्यस्तै, राष्ट्रिय समन्वय समितिकालागि राजधानी क्यानवेरा समेत रहेको एसिटीबाट राजु अधिकारीले लोकतान्त्रिक समूहको तर्फबाट महासचिबका लागि उम्मेदवारी दर्ता गरेका छन् भने चन्द्र तिवारीले केन्द्रीय युवा उप–संयोजक पदमा उम्मेदवारी दर्ता गरेका छन् । लामो समयदेखि विभिन्न संस्थामा आबद्ध रहेर सामाजिक पहिचान बनाएका ब्यक्तिहरु उम्मेदवारका रुपमा आएकाले क्यानवेरामा नेपाली समुदाय बीच एक किसिमको उत्सुकता छाएको पनि बताइएको छ। यसैगरी उक्त ‘साझा एनआरएन, सबल एनआरएन’ टिमले आउदो २४ जुलाई, शनिबारका दिन आफ्नो औपचारिक उम्मेदवारी घोषणा सभा ‘Meet & Greet with Candidate’ बिहान ११ बजे देखि Golden Spoon Fyshwick मा रहेको जानकारी सदस्य पदका उम्मेदवार भट्टले गराएका छन् ।