धनगढी। सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा बिहिबार गरिएको परीक्षणमा १९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। प्रयोगशालामा ६५ नमूना परीक्षण गर्दा १९ जनामा कोरोना पोजेटिभ र ४६ जनाको कोरोना रिपोर्ट निगेटिभ आएको अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिए। पछिल्लो २४ घण्टामा २ जना संक्रमित निको भएर घर फर्किएका छन् भने थप ५ बिरामी अस्पतालमा भर्ना भएका छन्।
हाल अस्पतालमा १७ जना संक्रमित उपचाररत छन्। जसमध्ये २ जना संक्रमित आईसीयूमा उपचाररत छन्। भने, ८ जनाको अक्सिजनको सर्पोटरमा उपचार भईरहेको छ । यस्तै ७ जनाको अवस्था भने सामान्य रहेको छ । पछिल्लो २४ घण्टामा कुनैपनी कोरोना संक्रमतिको मृत्यु नभएको अस्पतालले जनाएको छ ।