धनगढी। सेती अस्पतालको प्रयोगशालामा थप २४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। प्रयोगशालामा ९७ नमूनाको परीक्षण गर्दा २४ जनामा संक्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिए। यस्तै ७३ जनाको रिपोर्ट निगेटिभ आएको छ। हाल अस्पतालमा १४ जना संक्रमित उपचाररत छन्। जसमध्ये २ जना संक्रमित आईसीयूमा उपचाररत छन्।
भने, ८ जना अक्सिजनको सर्पोटरमा उपचारत छन् । यस्तै ४ जनाको अवस्था भने सामान्य छ । पछिल्लो २४ घण्टामा ४ जना संक्रमित निको भएर घर फर्किएका छन् भने थप ४ बिरामी अस्पतालमा भर्ना भएका छन्। यस्तै १ जनालाई अन्यन्त्र रेफर गरिएको अस्पतालले जनाएको छ । यस्तै पछिल्लो २४ घण्टामा कुनैपनी कोरोना संक्रमितको मृत्यु भएको छैन् ।