धनगढी : रोटरी क्लव अफ धनगढीले कोरोना कहरको दोश्रो चरणका बेला १ करोड ४० लाख बढीको स्वास्थ्य सामग्री सहयोग गरेको छ । कोरोना संक्रमणको दोश्रो लहरका बेला अक्सिजन सिलिण्डर, अक्सिजन कन्सन्टे«टर, मास्क लगायतका स्वास्थ्य सामग्री सुदूरपश्चिम संगै अन्य प्रदेशमा समेत सहयोग गरेको हो । दोश्रो चरणको कोरोना कहरका बेला आत्तिरहेका बिरामीहरुलाई बचाउन क्लवले भुमिका खेलेको हो । हालसम्म क्लवले १ करोड ४० लाख ४ हजार ४ रुपयाँ सहयोग संकलन गरी यी सामग्री खरिद गरेको जनाएको छ ।
क्लवले रोटरियन तथा अन्य ब्यक्ती वा संस्थाबाट सहयोग संकलन गरी सुदूरपश्चिमका ९ जिल्ला र बाँके, बर्दियामा समेत अक्सिजन कन्सन्टे«टर सहयोग गरेको हो । कैलालीको सेती प्रादेशिक अस्पताल संगै बिभिन्न स्वास्थ्य संस्था गरी २२ थान कन्सन्टे«टर, डोटी जिल्ला अस्पताल संगै सायल स्वास्थ्य चौकीमा गरी जिल्लामा ५ वटा, अछाममा ८, बाजुरामा ५ तथा बझाङमा ९ थान अक्सिजन कन्सन्टे«टर सहयोग गरेको रोटरी क्लव अफ धनगढीका संस्थापक अध्यक्ष तथा कन्सन्टे«टर अभियानका संयोजक प्रकाशचन्द्र भट्टले जानकारी दिए । यस्तै कञ्चनपुरमा ११, डडेल्धुरामा ७, बैतडीमा ८, दार्चुलामा १० तथा बाँके र बर्दियामा समेत २÷२ थान अक्सिजन कन्सन्टे«टर सहयोग गरेको क्लवले जनाएको छ । क्लवले ३० हजार थान एन ९५ मास्क समेत वितरण गरेको जनाएको छ ।
बिशुद्ध सामाजिक कार्यका लागी स्थापना गरिएको रोटरी क्लव बिभिन्न सामाजिक कार्यमा अग्रसर हुँदै आएको छ । क्लवले यस्ता महामारी संगै जनताको स्वास्थ्य प्रति ख्याल गर्दै समय÷समयमा स्वास्थ्य शिबिरको समेत आयोजना गर्दै आएको छ ।