काठमाडौँ। नेकपा एमालेका नेता एवम् पुर्व मन्त्री नारदमुनी रानाले दलिय प्रणालीमा गम्भीर आघात पुगेको बताएका छन।सामाजिक संजाल फेस्बुकमा सर्वोच्च अदालतले दुई दिनभित्र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी गरेको सन्दर्भलाई जोड्दै अदालतले संसदीय व्यवस्था र दलिय प्रणालीका विरुद्ध अदालतले फैसला गरेको प्रतिक्रिया दिएका छन।
रानाले लेखेका छन, नेपालीको संविधान ,संसदीय व्यवस्था ,दलिय प्रणाली माथि गम्भीर आघात।प्रधानमन्त्री बनाउने अधिकार प्रतिनिधि सभाको हो ,सर्वोच्चको होईन। हेक्का रहोस । यस्तै ‘नेपालीको संविधानअनुसार राष्ट्रपति सर्वोच्च संस्था भएकोले अदालतले परमादेश जारी गर्न मिल्दैन। असंवैधानिक परमादेशले मुलुक अस्थिरता र भिडन्त तर्फ,’ उनले फेसबुकमा लेखेका छन्। प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरासहित न्यायाधीशहरु दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र आनन्दमोहन भट्टराईको इजलासले बिपक्षीय गठबन्धनको निवेदकको मागबमोजिम कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा २८ घण्टा भित्र नियुक्ति गर्न परमादेशसमेत जारी छ ।