डोटी। उपचारका लागि थालीएको आर्थिक सहयोग अभियानबाट संकलीत रकम हस्तारन्तरण गरिएको छ । डोटीको शिखर नगरपालिका १० का गगन साउँद बचाउन थालिएको आर्थिक अभियानबाट उठेको रकम उनको परिवारलाई हस्तान्तरण गरिएको हो। स्वर्गीय साउँदको उपचार गर्न लागि विभिन्न ब्यक्तीहरुबाट उठाएको १ लाख १० हजार ३ सय आर्थिक सहयोग उनकि श्रीमती कमली देबि साउदलाइ घरमै गएर अभियान सहयोगी योगेन्द्र रावतले हस्तान्तरण गरेका हुन । उक्त रकम आइतबार हस्तारन्तरण गरिएको हो। बिगत एक बर्ष देखि दायाँ खुट्टा नचल्ने अवस्था साउँदको रहेको थियो । त्यसैमा सुगर र डाइबेटिज रोगले समेत उनलाई निक्कै च्यापेको थियो।
आर्थिक समस्या समस्याका कारण उपचार गराउन समस्या थियो । सो समस्याको बारेमा थाहा भैसकेपछि योगेन्द्र रावत लगायतको समुहले आर्थिक सहयोग सकलन अभियान थालिएको थियो।अभियान सहयोगी योगेन्द्र रावतले भने मृत्युको मुखमा रहेको भन्ने खबर पाउने बित्तिकै हामीले उनलाई बचाउन अभियान थालेऔ । तर अन्तीम अवस्था भैसकेकाले बचाउन सकेनौं, रावतले भने । त्यसैले उनको मृत्यु पश्चात परिवारका सदस्य समेत निक्कै समस्यामा भएकोले किरिया खर्च र घरखर्च वाफत रकम हस्तान्तरण गरिएको हो। रावतले जानकारी दिए ।