धनगढी। सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा शनिबार गरिएको परीक्षणमा ३३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा सेती प्रयोगशालामा ८९ नमूना परीक्षण गर्दा ३३ जनामा संक्रमण पुष्टि भएको छ भने ५६ जनाको रिपोर्ट निगेटिभ आएको अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिए ।
हाल अस्पतालमा १६ जना संक्रमित उपचाररत छन्। जसमध्ये २ जना आईसीयू, १ जना भेन्टिलेटर र १० जना अक्सिजनको सर्पोटरमा उपचाररत उपचाररत छन् । पछिल्लो २४ घण्टामा १ जना बिरामी निको भएर घर फर्किएका छन भने ४ जना अस्पतालमा भर्ना भएका छन् । पछिल्लो २४ घण्टामा १ जना कोरोना संक्रमितको मृत्यु भएको छ। मृत्यु हुनेमा बाजुराको स्वामीकार्तिक गाउँपालिका–९ का ५५ वर्षीय पुरुष रहेका छन्।