कञ्चनपुर। कञ्चनपुरमा भन्सार छलीका सामान बरामद गरिएका छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुर मातहत खटिएको प्रहरी टोलीले कञ्चनपुरको भीमदत्त नगरपालिका ११ भुजेलापुलस्थित भारतबाट भन्सार छली ल्याइएका सामान बरामद गरिएका हुन् ।
प्रहरी टोलीले जिल्लाको भीमदत्त नगरपालिका ११ भुजेलापुलस्थित भारतबाट भन्सार छली ल्याइएका ४८ थान सुट, २९ पिस जेन्स सर्ट, १८ पिस लेडिज सर्ट र बच्चाका विभिन्न साईजका कपडा गरी ६५,२०० मुल्य बराबरको अबैध सामान बेवारिसे अवस्थामा फेला पारेको हो। बरामद गरिएका सामानहरूलाई आवश्यक कारबाहीको लागि गड्डाचौकी भन्सार कार्यालय कञ्चनपुर पठाइएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।