धनगढी।कैलालीमा विपद पुर्व तयारी सम्बन्धि अभ्यास गरिएको छ। कैलालीको भवानीदल गण, कालिरक्षा गण (ई)तथा सशस्त्र प्रहरी बल नेपाल बैधनाथ बाहिनीका फौजले अत्तरियास्थित लामी तालमा उद्वार सम्बन्धी संयुक्त अभ्यास सञ्चालन गरिएको हो। बाढीपूर्व खोज तथा उद्धारको कृत्रिम अभ्यासका लागी पुर्व तयारी अपनाउन लिइएको अभ्यास ३ दिनसम्म सञ्चालन गरीएको हो। कैलाली जिल्लाका अधिकाँस क्षेत्र डुबानमा पर्ने भएकाले यस्को खोज तथा उद्वारको तालिम लिई आवस्यक क्षती न्युनिकरण गर्न सकिने जनाइएको छ।कैलालीका डुबानयुक्त्त क्षेत्रहरु टिकापुर तथा भजनी नगरपालिका, जोशीपुर गाउँपालिकामा डुबानको समयमा गरिने खोज तथा उद्वारको कार्यलाई लक्षित गरेर अभ्यास गरेको भवानीदल गणका गणपति प्रमुख सेनानी विकास केसीले जानकारी दिए । डुबान कार्यमा प्रयोग हुने ओबीएम तथा रबरको डुगाबाट गहिरो पानीमा डुबेकाहरुको उद्धार कसरी गर्ने भनेर अभ्यास गरिएको उनले बताए। उनले विपद् व्यवस्थापन कार्यको लागि तयारी रहन सम्पूर्ण सुरक्षा संयन्त्रलाई निर्देशन दिएका छन्।