धनगढी। मंगलबार सेती प्रयोगशालामा ३९ जनामा कोरोना पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा १०५ नमूना परीक्षण गर्दा ३९ जनामा संक्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिए । अस्पतालका सूचना अधिकारी श्रेष्ठका अनुसार धनगढीका २० कैलालीका ११ र अन्य जिल्लाका ८ गरी ३९ जनामा कोरोना संक्रमण देखिएको जनाएको छ ।
हाल अस्पतालमा १० जना संक्रमित उपचाररत छन्। ३ जना आइसियुमा र ३ जनाको भेन्टीलेटरमा उपचाररत रहेका छन् । यस्तै, पछिल्लो २४ घण्टामा सेती अस्पतालमा ३ जना निको भई घर फर्किएका छन् भने २ जना अस्पतालमा भर्ना भएका छन् । यस्तै पछिल्लो २४ घण्टामा अस्पतालमा कसैको पनि मृत्यु नभएको अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिए ।