धनगढी। धनगढीमा आज र भोली कोरोना भाइरस विरुद्धको दाश्रो चरणको कोरोना खोप (भेरोसेल)लगाईने भएको छ। एक महिनाअघि पहिलो डोज लगाएकाहरु र त्यस पहिले पनि पहिलो डोज लगाएर दोस्रो डोज लगाउन छुटेकाहरुले खोप लगाउन पाउने भएका हुन्। धनगढी उपमहानगरपालिकाले एक सूचना जारी गर्दै असार २२ र २३ गते दोस्रो चरणको खोप लगाइने जनाएको थियो।
धनगढीमा जेठ २५ गतेदेखि पहिलो चरणको भेरोसेल खोप अभियान सुरु भएको थियो। पहिलो खोप लगाएकाहरुलाई मात्रै दोस्रो चरणको खोप लगाइने सुचनामा उल्लेख गरिएको छ।यस्तै उता, कैलालीको गोदावरी नगरपालिकामा आज र भोली कोरोना भाइरस विरुद्धको दाश्रो चरणको कोरोना खोप भेरोसेल खोप लगाईने भएको छ । गोदावरी नगरपालिकाका तीन वटा खोप केन्द्र गोदावरी ३ मा रहेको मालखेती अस्पताल, गोदावरी ५ मा रहेको गेटा स्वास्थ्य चौकी र गोदावरी ११ ओलानीमा रहेको गोदावरी स्वास्थ्य चौकीमा मार्फत खोप लगाइने छ ।
खोप बिहान १० बजेदेखी ४ बजे सम्म लगाइने स्वास्थ्य शाखाले जनाएको छ । खोप लगाउनका लागी भेरोसियल खोपको पहिलो मात्रा लगाएको खोप कार्ड अनिवार्य रुपमा बोकेर आउनुपर्ने जनाइएको छ। अन्यथा खोप नलगाईने धनगढी उपमहानगरपालीकाद्धारा जारी सुचनामा भनिएको छ । धनगढी उपमहानगरपालिकाले १० वटा खोप केन्द्र तोकेको छ। धनगढीमा तोकिएका खोप केन्द्रहरु हेर्नुहोस।