धनगढी। सुदूरपश्चिम सरकारले निषेधाज्ञा अवधिको यातायात करमा छुट गर्ने निर्णय गरेको छ । प्रदेश सरकारले यातायात व्यवस्था कार्यालय र सेवा कार्यालयमा हुने दर्ता र नवीकरणमा जरिमाना छुट गर्ने निर्णय गरेको छ।यातायात व्यवस्था कार्यालय कैलाली, कञ्चनपुर, सेवा कार्यालय डोटी र डडेल्धुरामा हुने दर्ता र नवीकरणमा छुट दिने निर्णय भएको हो।
आर्थिक मामिला मन्त्रालयको मन्त्रीस्तरीय बैठकले सो निर्णय भएको हो। निषेधाज्ञाकै समयमा कर बुझाउने अवधि पुगेका सवारी धनीहरुलाई सवारी साधन पूर्णरुपमा खुलको १५ दिनभित्र कर बुझाउँदा जरिमाना छुट गर्ने निर्णय भएको मन्त्रालयका शाखा अधिकृत खगेन्द्र साउँदद्वारा जारी पत्रमा उल्लेख छ।