धनगढी। धनगढी नगरपालिकाद्वारा निशुल्क लैंगिक मैत्रि व्यायम केन्द्र स्थापना गरिएको छ। धनगढी उपमहानगरपालिका र क्षेत्रिय शहरी विकास आयोजनाको संयूक्त लगानीमा धनगढी उपमहानगरपालीका वडा नं ८ मा निशुल्क लैंगिक मैत्रि व्यायम केन्द्र स्थापना गरिएको हो । कोरोना महामारीको बेला सबै जना घरमै बस्नु पर्ने बाध्यताले तौल बढिरहेको साथै शारीरिक व्यायम नपुगेर शरिर अस्वस्थ्य भईरहेकालाई नगरपालिकाले निशुल्क रुपले योग अभ्यास केन्द्र सञ्चालनमा ल्याउन लागेको हो। यस्ले बिभिन्न स्वास्थ्यसंग सम्बन्धित समस्या देखीएका ब्यक्तीलाई शारीरिक व्यायम तथा योग अभ्यासको माध्यमबाट ब्यक्तीको स्वास्थ्यमा फाईदा पुग्ने नगरप्रमुख नृप बहादुर वडको बुझाई छ ।
यो विधि शरीरलाई स्वस्थ्य राख्ने एकदमै उपयूक्त विधि रहेको नगरपालिका उप प्रमुख शुसिला मिश्र भट्टले जानकारी दिइन्। उनले आईतबार केन्द्रको अनुगमन गर्दै व्यायम केन्द्रलाई लैंगिक मैत्रि बनाउन यहाँ उपलब्ध फिटनेस सामाग्रीमा महिलाहरुको छुट्टै नेमप्लेट टाँस्न वडा अध्यक्ष नारायण बराललाई निर्देशन दिइन्। उनले सार्वजनिक स्थलमा महिलाहरुको लागि छुट्टै नेमप्लेट नटाँसे सम्म महिलाहरु आउन अप्ठ्यारो मान्ने भएको नगरपालिकाले फिटनेस सामाग्रीमा महिला र पुरुष भनेर नेमप्लेट टाँस्न अनिवार्य रहेको बताए । व्यायम केन्द्रमा योग अभ्यासको लागि योगहलको पनि व्यवस्था गरिएको छ । व्यायम केन्द्र सोमबार उद्घाटन हुने उप प्रमुख मिश्र भट्टले जानकारी दिईन् ।