डोटी । कोरोना महामारीका कारण बन्द रहेको दिपायल धनगढी हवाई उडान मंगलबारबाट पुनः सञ्चालनमा आउने भएको छ । गत आसोज ३० गते बाट सञ्चालनमा आएको हवाई उडान सेवा महामारी नियन्त्रणका लागि सरकारले जारी गरेको निषेधाज्ञाका कारण बन्द गरिएको थियो । सरकारले निषेधाज्ञा खुकुलो पारेसँगै हवाई उडान सञ्चालन हुन लागेको हो ।
दिपायलबाट धनगढीका लागि र धनगढीबाट दिपायलका लागि प्रत्येक हप्ताको मंगल र शुक्रबार उडान भर्ने समिट एयरले जनाएको छ । जहाजमा कूल १८ जना सिट क्षमता रहेको छ । निजी क्षेत्रको विमान कम्पनी समिट एयरले डोटीसँगै सूदुरपश्चिमका पहाडी जिल्लाहरु बझाङ, अछाम र बैतडीबाट पनि धनगढीका लागि उडान भर्ने जनाएको छ । डोटीको दिपायलबाट धनगढीका लागि निर्धारण गरिएको भाडादर दुई वर्ष मुनिका बालबालिकाको भाडा दर ३५०, दुई वर्ष देखि ११ वर्ष मुनिकाको भाडादर २ हजार ५० र ११ वर्ष भन्दा माथिका यात्रुको भाडा ३ हजार ४ सय निर्धारण गरिएको नन्दनसिंह कार्कीले बताए ।