धनगढी। शनिबार सेती प्रयोगशाला परीक्षणमा थप १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा ७७ नमूना परीक्षण गर्दा १६ जनामा कोरोना संक्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिए। यस्तै ६१ जनाको कोरोना रिर्पोट नेगेटिभ आएको छ। हाल अस्पतालमा १४ जना संक्रमित उपचाररत छन्।
२ जना भेन्टिलेटर, ३ जना आईसीयूमा र ७ जना अक्सिजनको सर्पोटरमा राखेर उपचाररत रहेको सूचना अधिकारी श्रेष्ठले बताए। यस्तै ४ जनाको अवस्था भने सामान्य रहेको जनाएको छ । पछिल्लो २४ घण्टामा सेती अस्पतालमा ६ जना निको भई घर फर्किएका छन् भने ३ जना बिरामी अस्पतालमा भर्ना भएका छन् । पछिल्लो २४ घण्टामा एक जनाको मृत्यु भएको छ । अस्पतालका सूचना अधिकारी श्रेष्ठका अनुसार मृत्यु हुनेमा कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका ८ की ७७ बर्षीय महिला रहेकी छन् ।