धनगढी । पछिल्लो २४ घण्टामा सेती अस्पतालको प्रयोगशालामा गरिएको परिक्षणमा थप १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । शुक्रबार सेती प्रयोगशालामा ९९ जनाको कोरोनाको नमुना परिक्षण गरिएकोमा १९ जनामा कोरोना पोजेटिभ र ८० जनाको कोरोना रिपोर्ट नेगेटिभ देखीएको अस्पतालका सुचना अधिकारी दिलीप कुमार श्रेष्ठले जानकारी दिएका छन् ।
अस्पतालका सुचना अधिकारी श्रेष्ठका अनुसार हाल अस्पतालमा १८ जना बिरामी उपचाररत छन् । अस्पतालबाट १० जना निको भएर घर फर्किएकोमा थप ७ जना नयाँ बिरामी भर्ना भएका छन् । यस्तै पछिल्लो २४ घण्टामा ६ जना बिरामीको आइसियुमा र ३ जनाको भेन्टीलेटरमा राखेर उपचार भैरहेको सुचना अधिकारी श्रेष्ठले जानकारी दिएका छन् । यस्तै पछिल्लो २४ घण्टामा कुनैपनी कोरोना संक्रमतिको मृत्यु नभएको अस्पतालले जानकारी दिएको छ ।