नेपालगञ्ज। पाटे बाघको छालासहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । बाँके बैजनाथ गाउँपालिका–४ तिलकपुरस्थित भित्री सडक बाटोमा दुर्लभ वन्यजन्तु पाटे बाघको छाला ल्याइरहेको सूचनाको आधारमा प्रहरीले दुई जनालाई पक्राउ गर्न सफल भएको हो। ईलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरी टोलीले जिल्ला अछाम मेललेख गाउँपालिका–३ दर्पा बस्ने २७ वर्षीय डम्बर बुढा र रामारोसन गाउँपालिका-५ बस्ने ३५ वर्षीय नन्दु बुढालाई प्रक्राउ गरेको हो ।उनीहरुलाई आज जिल्ला प्रहरी कार्यालय बाँकेले पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको हो । पक्राउ परेका डम्बर र नन्दुले बोकेर ल्याएका झोलाहरु खानतलासी गर्दा दुर्लभ वन्यजन्तु पाटेबाघको छाला थान–२ सहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । पक्राउ परेका नन्दु र डम्बरलाई आवश्यक कारवाही तथा अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।
-
१.
-
२.
-
३.
-
४.
-
५.
-
६.
-
७.
-
८.
-
९.
-
१०.
-
१.
-
२.
-
३.
-
४.
-
५.
-
६.
-
७.
-
८.
-
९.
-
१०.