बाजुरा। बाजुरामा संयुक्त विद्यार्थी संगठनले निकालेको जुलुसमा झडप हुँदा नेविसंघका ५ जना विद्यार्थी घाइते भएका छन् । प्रधानमन्त्री केपी ओलीले चालेको असंवैधानिक कदमका विरुद्ध निकालिएको राके जुलुस तथा पुत्ला दहन कार्यक्रममा प्रहरीले लाठी प्रहार गर्दा नेविसंघका नेता तथा कार्यकर्ता घाइते भएको नेविसंघ बाजुराले जनाएको छ।
बुधबार सदरमुकाम मार्तडीमा संयुक्त विद्यार्थी संगठनले निकालेको जुलुसमा ओली निकट कार्यकर्ताले प्रतिकार गर्न खोज्दा भएको दोहोरो झडपमा नेविसंघका नेता तथा कार्यकर्ता माथि लाठी प्रहार गर्दा पाँच जना घाइते भएको नेविसंघ बाजुराले जनाएको हो। घाइते हुनेमा नेविसंघका नेता भरत बुढा,टेकेन्द्र सिंह,कमल रावल जनक थापा लगायतका घाइते भएको नेविसंघ बाजुराका नेता तपेश रावलले जानकारी दिएका छन् । ओली कार्यकर्तालाई प्रहरीले संरक्षण गर्दै शान्ति पुर्ण आन्दोलनमा आएका विद्यार्थीहरु माथि लाठी प्रहार गरी घाईते बनाएको उनले भने ।