धनगढी : नेपाल यातायात मजदूर संगठन टेकंर इकाई कमिटि धनगढीले सवारी साचक तथा सह चालकहरुका लागी निशुल्क आँखा जाँच कार्यक्रम आयोजना गरेको छ । चालक तथा सह चालकहरुले दिन रात काम गर्नुपर्ने र आँखाको काम बढी हुँने हुँदा धेरै चालक सह चालकमा आँखाको समस्या देखिन थालेपछि संगठनले आज निशुल्क आखाँ जाँच शिबिरको आयोजना गरेको हो । च्यारिटि फाउण्डेशन नेपाल तथा धनगढी नेत्रालयको सहयोगमा संगठनले निशुल्क आँखा जाँच कार्यक्रम राखेको हो । नेत्रालयलाई चालक सह चालकको निशुल्क रुपमा आँखा जाँच गर्नका लागी आग्ह गरेपछि आज शिबिर शुरु भएको नेपाल यातायात मजदूर संगठन सुदूरपश्चिम अध्यक्ष ललित चन्दले बताए ।
धनगढी नेत्रालयमै शुरु भएको आँखा जाँच कार्यक्रममा १ सय ५० भन्दा बढी चालक सह चालकको आँखा जाँच गरिने जनाइएको छ । नेत्रालयले निशुल्क औषधी तथा चस्मा समेत उपलब्ध गराउने संगठनले जनाएको छ ।
यातायात मजदूर संगठन ट्याकंर इकाई कमिटिद्वारा चालक÷सह चालकको निशुल्क आँखा परिक्षण
यातायात मजदूर संगठन ट्याकंर इकाई कमिटिद्वारा चालक÷सह चालकको निशुल्क आँखा परिक्षण

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु