बाजुरा । बाजुरामा असंवैधानिक कदमका विरुद्ध आन्दोलनमा उत्रिएका संयुत्तल विद्यार्थी संगठनका विद्यार्थी र ओली निकटका कार्यकर्ता बीच बाजुरामा दोहोरो झडप भएको छ । बुधबार बाजुरामा संयुक्त आन्दोलनरत नेपाल विद्यार्थी संघ, अनेरास्वीयू माधव समूह र अनेरास्वीयू केपी समूहबीच झडप भएको हो। संयुक्त विद्यार्थी संगठनले गरेको प्रधानमन्त्री तथा नेकपा एमालेमा अध्यक्ष केपी ओलीको असंवैधानिक कमद र संसद विघनटका विरुद्धमा निकाल्न लागिएको राके जुलुसमा दोहोरो झडप भएको हो।
संयुक्त गठबन्धनका कार्यकर्ताले प्रधानमन्त्री ओलीको पुत्ला दहन र असंवैधानिक कदमका विरुद्ध गरिएको विरोध कार्यक्रमलाई प्रभावित पार्न खोज्दा झडप भएको नेपाल विद्यार्थी संघ बाजुराका उपाध्यक्ष जनक थापाले जानकारी दिए । शान्ति पूर्ण रुपमा राके जुलुस निकालेर असंवैधानिक कदमका विरुद्ध गरिएको कार्यक्रमलाई ओली निकटका कार्यकर्ताले प्रभाव पार्दै कार्यक्रम गर्न नदिने उद्देश्यका गरिएको प्रतिगमनकारीका भरौटेहरुको कार्य शैलि प्रति नेविसंघ बाजुराका नेता भरत बुढाले आपत्ती जनाएका छन् ।लोकतन्त्रमा सरकारले गरेका गलत कार्यको विरोध गर्न पाउने अधिकारलाई कुल्चिदै ओलीका कार्यकर्ता देखाएको चरित्र गलत भएको बताए । संविधानलाई मिचेर गरिएको संसद विघटन,पेट्रोलियम पदार्थको मुल्य वृद्धि,भ्रष्टाचारीलाई संरक्षण लगायतका कार्य ओलीले गरेकाले त्यसको विरोध गर्न संयुक्त विद्यार्थी संगठन पछि नहट्ने अनेरास्ववियु माधव निकटका नेता शेरबहादुर रावलले भनेका छन्।