कञ्चनपुर। कञ्चनपुरमा ६५ हजार ५ सय नगदसहित ६ जुवाडे पक्राउ परेका छन्। आज साँझ ५ः०० बजेको समयमा कञ्चनपुरको कृष्णपुर नगरपालीका ४ मौवाफाटास्थीत सोही ठाउमा तेज बहादुर साउँद संचालन गरेको खुद्रा पसलमा जुवातास भईरहेको छ भन्ने गोप्य सुचनाको आधारमा प्रहरी टोलिले खान तलासी गरेको हो । सुदुरपश्चिम प्रदेश कार्यालय धनगढी बाट खटिएको (RIT) र यस कार्यालय तथा मातहतवाट खटिएको प्रहरी टोलिले उक्त खुद्रा पसलमा खानतलासी गर्दा ६५ हजार ५ सय नगद, ३ बुक तासको गड्डी सहीत ६ जुवाडेलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा कृष्णपुर नगरपालिका वडा नम्बर ४ मौवाफाटाका ४० वर्षिय तेज बहादुर साउँद, ३८ वर्षिय कमलेश कार्की, २९ वर्षिय गगन कार्की, ३५ वर्षिय प्रकाश ऐर, ३२ वर्षिया विष्णु भट्ट र २७ वर्षिया खगेन्द्र बोहरा रहेको कञ्चनपुर प्रहरी प्रवक्ता प्रहरी निरीक्षक लालबहादुर बमले जानकारी दिए। उनीहरुलाई मुलुकी अपराध संहिता २०७४ बमोजिम जुवा खेल्न वा सट्टाबाजी गर्न नहुने कसुर अन्तर्गत म्याद थप गरी अनुसन्धान भईरहेको उनले जानकारी दिएका छन् ।