धनगढी। पछिल्लो २४ घण्टामा सुदूरपश्चिम प्रदेशभरमा १०३८ नमुना परीक्षण गरिएको छ। जसमध्ये ८३ जनामा संक्रमण पुस्टि भएको छ। डडेल्धुरा अस्पतालमा २ जना, सेती अस्पतालमा १८ जना, कमलबजार अस्पतालमा ४ जना र महाकाली अस्पतामा ३ जनामा कोरोना देखिएको स्वास्थ्य निर्देशनालय दिपायल डोटीले जनाएको छ।
यस्तै, पछिल्लो २४ घण्टामा सुदूरपश्चिम प्रदेशमा सोमबार कोरोना भाइरस संक्रमणका कारण मृत्यु हुनेको संख्या शून्य भएको छ। पछिल्लो २४ घण्टामा २३ जना संक्रमित निको भई घर फर्किएका छन्।