डोटी। डोटीका बिभिन्न स्वास्थ्य चौकी तथा कोभिड उपचार केन्द्रमा कोरोना सँक्रमण नियन्त्रण तथा उपचारका लागी स्वास्थ्य सामाग्री पठाइएको छ। बोधिसत्व बिहार समुहद्धारा डोटीका बिभिन्न स्वास्थ्य चौकी तथा कोभिड उपचार केन्द्रहरुमा कन्सट्रेटर, पल्स अक्सिमिटर, थर्मल गन, फेस मास्क, एन ९५ माक्स, सर्जिकल मास्क, पिपिई, ह्यान्डवास, स्यानिटाईजर तथा अत्यावश्यक स्वास्थ्य सामाग्री पठाइएको हो। सहयोगी संस्था बोधि सत्व विहार शान्ता शर्मा लगायतको समुह र बिभिन्न समाजसेवी जागृती बोगटी, विकास चन्द ठकुरी, क्षितिज भंडारी लगायत बिभिन्न ब्यक्ती मार्फत उक्त स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको हो ।
समाज सेवी जागृती बोगटीले डोटी जिल्लाका लागि सामान पठाएको छु उनले भनिन्। उनले आफ्नै जिम्मेवारीमा स्वास्थ्य सामाग्री सम्बन्धित स्वास्थ्य चौकीमा पठाइएको जानकारी गराईन् । उक्त स्वास्थ्य सामाग्री दिपायल सिलगडी नगरपालिका स्थीत तिखा स्वास्थ चौकीका स्वास्थ चौकी प्रमुख तेजबहादुर खडका, समाजसेवी धर्मराज जोशीको रोहबरमा आफै बुझि लिएर डोटीका बांकी स्वास्थ्य चौकीकालागि जिम्मामा लगाइएको जानकारी दिइन् ।
जस अन्गरगत डोटीको तिखा स्वास्थ चौकी, खातीवडा स्वास्थ्य चौकी, शिखर नगरपालिका कोभिड उपचार केन्द्र र बड्डी केदार गाउँपालिका कोभिड उपचार केन्द्र गरि पांच ओटा स्वास्थ्य चौकी तथा कोभिड उपचार केन्द्रहरुमा स्वास्थ्य सामाग्री पठाइएको छ । सहयोगी संस्था बोधिसत्व बिहार टीम सहजीकरण गर्न समाजसेवी विकास चन्द ठकुरी समाजसेवी क्षितिज भंडारी र सहयोगी तथा पत्रकारको रोहवरमा उक्त सामाग्री पठाइएको हो ।